नियम ३०
फ्रिक्वेन्सी वितरण गर्दा शर्त तोक्ने
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसंचार सेवा सञ्चालन गर्ने सम्बन्धमा फ्रिक्वेन्सी प्रयोग गर्दा पालन गर्नु पर्ने शर्तहरू प्राधिकरणले तोकिदिनेछ ।
(२) उपनियम (१) बमोजिम तोकिएको शर्त अनुरूप अनुमतिपत्र प्राप्त व्यक्तिले फ्रिक्वेन्सीको प्रयोग गरे नगरेको सम्बन्धमा जाँचबुझ वा अनुगमन गर्ने अधिकार प्राधिकरणलाई हुनेछ ।
(३) उपनियम (२) बमोजिम फ्रिक्वेन्सीको जाँचबुझ वा अनुगमन गर्दा अनुमतिपत्र प्राप्त व्यक्तिले शर्त अनुरूप फ्रिक्वेन्सीको प्रयोग गरेको नदेखिएमा प्राधिकरणले अनुमतिपत्र प्राप्त व्यक्तिलाई मनासिव समय दिई शर्त अनुसार फ्रिक्वेन्सी प्रयोग गर्न मौका दिनेछ । त्यसरी दिइएको समय भित्र पनि अनुमतिपत्र प्राप्त व्यक्तिले शर्त अनुरूप फ्रिक्वेन्सीको प्रयोग नगरेमा प्राधिकरणले निजले प्रयोग गरेको फ्रिक्वेन्सीमा रोक लगाउन सक्नेछ ।